गोदावरीका तीन सहित कैलालीका चार विद्यार्थीले ल्याए ४ जिपीए

Image

अत्तरिया – कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपीए अंक प्राप्त गरेका छन् । चार जिपीए अंक ल्याउनेमा गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका मात्र तीन विद्यालय रहेका छन् ।

गोदावरी २ मा रहेका दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय तथा सत्यवती एकेडेमी र टीकापुरको विरेन्द्र विद्या मन्दिरका एक÷एक जना विद्यार्थीले चार जीपीए अंक प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ । दुर्गालक्ष्मीकी नितिका अवस्थी,सैनीक आवासिय महाविद्यालयका विकास रावत,सत्यवतीका निर्मल ठगुन्ना तथा विरेन्द्र विद्या मन्दिरका हेमन्त बहादुर साउँदले ४ जिपीए सहित एसईई उत्तिण गरेका हुन् ।

२०८० सालको एसईई परीक्षामा कैलालीका १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उत्तीर्ण भएका छन् भने पाँच हजार ५० जनाले ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।