Attariya Hospital Pvt.Ltd.

एसईई मा ४ जीपिए ल्याएका ठगुन्नालाई वडा अध्यक्ष शाहीद्वारा नगद सहित सम्मान

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट एसइईमा उत्कृष्ट नतिजा हासिल गर्न सफल ४ जिपिए ल्याएका विद्यार्थी निर्मल ठगुन्नालाई नगद सहित सम्मान गरिएको छ ।

गोदावरी वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले सोही वडा निवासी अत्तरियाको सत्यवती एकेडेमीबाट अध्यनरत निर्मल ठगुन्नालाई शैक्षिक सत्र २०८० सालको एसईई परीक्षाको नतिजामा ४ जीपीए ल्याएपछि नगद पुरस्कार सहित सम्मान गरेका हुन् ।

अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले विद्यार्थी ठगुन्नालाई आफूले पाउने सेवासुविधा वाफत बाट १५ हजार नगद सहित सम्मान गरेका हुन् ।

Siddi ganesh

उनले विकट क्षेत्रबाट शिक्षामा फड्को मार्न सफल भएको निर्मल ठगुन्नालाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेका हुन् । उनले धैर्यताका साथ आफ्नो कर्ममा निरन्तर लागिरहे एक दिन अवश्य सफल भईने बताए ।

satyawati

विकट वडाबाट गएर देशभरमै वडाको नाम चिनाउदा गर्व महसुस भएको साथै विद्यार्थी ठगुन्नालाई आगामी दिनहरुमा थप अझै वडा र आफ्नो व्यक्तिगत तर्फबाट गर्न सकिने सहयोगका लागि आफु सदैव तत्पर रहेको उनले बताए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.