Attariya Hospital Pvt.Ltd.

पत्रकार महासंघको चुनाव फेरि स्थगित

padma
milan sunchadi

नेपाल पत्रकार महासंघको चुनाव फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो ।

चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.