प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशको बैठक अत्तरियामा सम्पन्न

Image
maya metro

अत्तरिया – प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशको वार्षिक समीक्षा तथा योजनाको बारे छलफल सहितको प्रादेशिक बैठक सम्पन्न भएको छ। सोमबार देखि कैलालीको अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सञ्चालन भएको प्राज्ञिक विद्यार्थी परिषद्को प्रदेशको कार्यकारिणी समितिको बैठक मंगलबार सम्पन्न भएको हो।

बैठकमा गत वर्षको सांगठनिक कार्यक्रमको योजना र आगामी आउने आर्थिक वर्ष ०८१्८२ को कार्य योजना निर्माण लगायतको संगठनका बिभिन्न विषयविन्दुमा छलफल तथा चर्चा गरिएको परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेलले जानकारी दिए।

nisarga

सोमबार देखि सञ्चालित कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद्का सुदूरपश्चिम प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको सभापतित्वमा भए सँगै प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डा। डम्बरबहादुर पाल रहेका थिए।

यस्तै परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेल, परिषद्का प्रदेश सचिव प्रेम बोहरा, परिषद्का राष्ट्रिय जनजाति कार्यप्रमुख एवं सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, सुदुरपश्चिम प्रदेश उपाध्यक्ष लोकराज भण्डारी लगायत प्रदेशका विभिन्न दायित्वमा रहेका कार्यकर्ताहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।

२०५२ सालमा स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद, देशको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन हो। व्यक्ति निर्माण बाट राष्ट्रको पुर्ननिर्माण मुख्य लक्ष्य राखेको यस संगठनले दलगत राजनीति भन्दा माथि रहि राष्ट्र र राष्ट्रियताका लागि कार्य गर्दै आईरहेको छ ।