नेविसंघ डोटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी योगेन्द्र रावतलाई

Image

डोटी – नेपाल विद्यार्थी संघ (नेविसंघ) डोटी जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी योगेन्द्र रावतले पाएका छन् ।

जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह विविध कारणले जिलला बाहिर जाने भएकोले कार्यवाहक अध्यक्षको जिम्मेवारी रावतले पाएका हुन् ।

सिंहले बुधबार नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम रावतलार्ई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन् ।