अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ ।
वडा नम्बर-१२ को कोलमुडामा कोलमुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको हो । स्वास्थ्य सेवा केन्द्रको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
कोलमुडामा रहेको स्थानीय बालक्लबको भवनलाई हालका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रका रुपमा स्थापना गरिएको हो ।
चालु आर्थिक वर्षमा केन्द्रको लागि भवन निर्माण गर्न नगरपालिकाले २० लाख रुपैँया बजेट छुट्याएको वडा नम्बर १२ का अध्यक्ष भिम बहादुर खड्काले बताएका छन् ।