कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा-रुबेला पुष्टि, द्रुत प्रतिकार्य टोली परिचालन

Image
maya metro

धनगढी – कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढीस्थित पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा बिहीबार हैजा पुष्टि भएको हो । थप एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन सकेको छैन । हाल उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यस्तै, कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–११ का एक नौ वर्षीय र अर्का एक चार महिने बालकमा दादुरा–रुबेला पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

nisarga

हैजा र दादुरा रुबेला फेला परेपछि शुक्रबार सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णय अनुसार चिकित्सक, प्रयोगशाला, जनस्वास्थ्यकर्मी, प्रशासनिक प्रतिनिधि लगायत सम्मिलित द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन गरिएको जनाइएको छ ।

बैठकबाट संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता हेमराज खड्काले बताए । उनका अनुसार ती स्थानमा स्वास्थ्यकर्मीको टोली परिचालन भइसकेको छ ।