धनगढीमा बृहत रक्तदान महोत्सव आयोजना गरिने

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा १३ औँ बृहत रक्तदान महोत्सव आयोजना गरिने भएको छ।

साउन २६ गते धनगढीमा बृहत रक्तदान महोत्सव आयोजना हुन लागेको हो। विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान” भन्ने मूल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

nisarga

१३औँ बृहत् रक्तदान महोत्सवको आयोजना उत्तरबेहडी स्थित पदमा हेल्थ नर्सिङ कलेजको प्राङ्गणमा गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक वीर बहादुर महराले बताए।

स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि १२ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १ हजार ७५ जना स्वयम्सेवी रक्तदाताहरूले रक्तदान गरेको बताए।

संयोजक महराले उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पूर्ण स्वयम् सेवी रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रम सफल तुल्याउन अनुरोध गरेका छन्।