Attariya Hospital Pvt.Ltd.

कैलालीमा तीन वर्षमा चार सय ३८ जना कुष्ठरोगका नयाँ बिरामी

padma
milan sunchadi

अत्तरिया – कैलालीमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको छ । तीन वर्षयता वर्षेनी कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको हो ।

स्वास्थ्य कार्यालय कैलालीका कुष्ठरोग फोकल पर्सन देवदत्त जोशीका अनुसार तीन वर्षमा चार सय ३८ जना कुष्ठरोगमा नयाँ बिरामी पता लागेको बताएका छन् । उनले विगतका वर्षहरु भन्दा गत वर्ष कुष्ठरोगका नयाँ बिरामीहरु धेरै पता लागेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०\०८१मा एक सय ५८ जना नयाँ बिरामी पता लागेका छन् । आर्थिक वर्ष २०७९\८० मा एक सय ४९ जना नयाँ बिरामी पता लागेकोमा आर्थिक वर्ष २०७८\०७९मा एक सय ३१ जना नयाँ बिरामी पता लागेको स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।

plastik

कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरुको संख्या पनि वर्षेनी बढ्दै जान थालेको छ । २०८०\०८१मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरु एक सय ५४ जना छन् भने उपचारमा रहेका एक सय ४० जना रहेका छन् । २०७९\०८०मा एक सय सात जनाले कुष्ठरोग उपचार पुरा गरेका छन् भने एक सय ९३ जना उपचारमा रहेका छन् ।

Siddi ganesh

यस्तै २०७८\०७९ मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरु एक सय ३२ जना छन् भने एक सय ४२ जना उपचारमा रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कुष्ठरोग फोकल पर्सन जोशीले अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरुलाई समुदायमा भेदभाव, अपहेल्ना, विवाह लगायत विद्यालयमा समस्या हुने गरेको बताए ।

कुष्ठरोग लागेका व्यक्तिहरु खु्लेर नआउँदा खेरी समुदाय स्थरमा खोज पताल गर्दा धेरै पता लाग्ने र नभए कम देखिने गरेको उनले बताए । प्रत्येक वर्ष पालिका–पलिका अनुसार समुदाय स्थरमा कुष्ठरोग खोजपताल गरिरहेको उनको भनाइ रहेको छ । उनले पहिला कुष्ठरोगका बिरामीहरु अपाङगता भएका पता लाग्ने गरेको भएपनि अहिले सुरुमै पता लाग्ने गरेको बताए ।

सुमदायमा खोजपताल गर्दा बढी जस्तो बच्चामा बढी देखिने गरेको उनले बताए । ७ वर्ष देखि १४ वर्ष सम्मका बच्चा र २५ वर्षदेखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा बढी देखिने गरेको उनले बताए । उनका अनुसार यो रोग विस्तारै सर्ने भएकाले दुई देखि पाँच वर्ष पछि देखापर्ने गरेको छ । भारतमा गएकाहरु र रोग प्रभावित क्षेत्रहरुमा गएकाहरु लाई रोग सर्ने गरेको उनको भनाइ छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.