Attariya Hospital Pvt.Ltd.

स्याउलेमा पुल हाउस सञ्चालन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा पुल हाउस सञ्चालनमा आएको छ । स्थानीय पारस जोशीले स्याउले चौराहमा पहिलोपटक पुल हाउस सञ्चालनमा ल्याएका हुन् ।

डेढ लाख लगानिमा सञ्चालनमा आएको पुल हाउसको आज श्री कृष्ण जन्माष्टमीको अवसर पारेर स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले उद्घाटन गरेका हुन् ।

plastik

उद्घाटमा बोल्दै देउवाले पुल हाउसले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने बताए । “पछील्लो समय युवा तथा किशोरहरु कुलतमा फस्नेक्रम बढ्दै गएको छ, पुल हाउसले गेम खेल्न उत्प्रेरीत गरी युवा तथा किशोरहरुलाई सहि मार्गतिर डो्याउन सहयोग गर्नेछ।,उनले भने ।”

Siddi ganesh

पुल हाउस सञ्चालनमा ल्याएका जोशीले युवा पुस्तालाई जुवातास तथा लागूऔषधमा फस्नबाट जोगाउने र स्याउलेमा पुुल हाउसको आवश्यकता देखेकोले आफुले सञ्चालनमा ल्याएको बताए ।

जोशी तीन वर्षअघि सडक दुर्घटनामा परेका थिए । उनलाई स्याउलेमै सडक छेउमा उभिरहेका बेला कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका जोशी दुई वर्षसम्म हिँड्न र बोल्न समेत सकेका थिएनन् ।

पछील्लो समय स्वास्थ्य अवस्थामा सामान्य सुधार आएपछी उनले पुल हाउस सञ्चालनमा ल्याएका हुन् । पुल हाउसमा एक पटक खेल्न ३० रुपैँया शुल्क तोकिएको सञ्चालनक जोशीले बताएका छन् ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.