bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई गोदावरीको सम्मान

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । नगरपालिकाले आज शिक्षा दिवसको अवसर पारी एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र शैक्षिक सत्र २०८० मा सेवा निवृत्त भएका शिक्षकहरुलाई सम्मान गरेको हो ।

कैलालीका चार तथा सुदूरपश्चिमका पाँच विद्यार्थीले २०८० को एसईईमा चार जीपीए ल्याएकोमा तीन जना गोदावरी नगरपालिका भित्रका थिए । दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी,सैनीक आवासिय महाविद्यालय तेघरीका छात्र विकास रावत र सत्यवती एकेडेमीका छात्र निर्मल ठगुन्नाले एसईईमा चार जीपीए ल्याएका थिए । उनीहरुलाई नगरपालिकाले आज पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

त्यस्तै उमेर हदका कारण सेवा निवृत्त भएका शिक्षकहरु विरबल चौधरी,कुमार निरौला धर्मा जोशी र विनोदराज पन्तलाई पनि नगरपालिकाले सम्मान गरेको छ । त्यसैगरी शिक्षा दिवसको अवसरमा आयोजना गरीएको नगरस्तरिय निबन्ध लेखन प्रतियोगितामा अत्तरियामा रहेको लोटस आई सेकेण्डरी स्कूलका विद्यार्थी विवेक बोहरा प्रथम भएका छन् ।

Siddi ganesh

प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि की सन्ध्या अवस्थी द्वितिय, दुर्गा मावि कोल्मुडाका लक्ष्मणप्रसाद भण्डारी तृतीय र किड्स जोनका तनीस पाठकले सान्त्वना स्थान प्राप्त गरेका थिए । उनीहरुलाई पनि आज नगदसहित सम्मान पत्र प्रदान गरीएको थियो । त्यस्तै सोहि अवसरमा नगरपालिकाले आयोजना गरेको व्यक्तित्व कला प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि की सुस्मीता देउवा प्रथम,सरस्वती मावि सेहरी दिपेश जोशी द्धितिय र सरस्वती मावी गेटाका छात्रले तृतिय स्थान हाँसिल गरेका थिए । उनीहरुलाई पनि नगरले पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको हो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.