कृषि उपकरण मर्मत गर्न दक्ष जनशक्ति उत्पादन

Image
maya metro

कञ्चनपुर – कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्षजनशक्ति उत्पादन गरिएको छ।

पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत गर्न तीन जिल्लाका २५ युवालाई तालिम दिइएको हो। नेपाल कृषि मेसिनरी व्यवसायी संघको सहकार्यमा अमेरिकी सहयोग नियोग (युएसआइडी)को सहयोगमा स्थानीय प्राविधिकलाई कृषि तथा सिँचाइका यन्त्र मर्मत गर्ने सम्बन्धी तालिम दिइएको छ।

nisarga

आरसिटी मेसिनरी एण्ड इन्जिनियरिङ वर्कशप झलारीमा कैलाली, कञ्चनपुर र बर्दियाका युवालाई १० दिने तालिम दिइएको हो। सहभागीले कृषियन्त्र मर्मतसँगै थोपा सिँचाइ प्रविधिको प्रयोग र जडानसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरेको संघका उपाध्यक्ष सुनिता न्हेमाफुकीले बताएका छन।

उनकाअनुसार तालिममा २२ पुरुष र तीन महिला सहभागी थिए। तालिममा १० वटा सैद्धान्तिक र ३० वटा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो। सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले दक्ष बनेका युवाले किसानलाई प्रभावकारी सेवा दिनुपर्ने बताएका छन। मन्त्रालयबाट किसानलाई अनुदानमा २५ हजारको संख्यामा पावर टिलर र मिनी टिलर उपलव्ध गराएको उनले बताएका छन। दश हजार बढी सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटर र पम्पसेट समेत उपलव्ध गराएको उनको भनाई छ।

रासस