सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

Image
maya metro

धनगढी – सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ।

यहि मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगाएत महोत्सव आयोजक टीमले आइतवार निमन्त्रणा गरेका हुन्।

nisarga

प्रधानमन्त्री लगाएत अर्थ मन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको आयोजक टीमले जनाएको छ।