कमैया बस्तीमा नमुना विद्यालय

Image

टीकापुर – बस्तीका बिचमा चिटिक्क परेको, पर्खालले घेरिएका भवन छन् । गेटभित्र लहरै अशोकका बिरुवा देखिन्छन् । हरेक बिरुवासँगै व्यक्तिको नाम लेखिएको छ । आँगनमा सफा चौर छ  ।

खानका लागि तातो चिसो पानीको व्यवस्था छ । साना नानीका लागि खेल्ने प्रशस्तै सामग्री छन् । भवनका भित्तामा प्रेरणदायी व्यक्तिका भनाइ लेखिएका छन् ।

यो झलक टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्त कमैया बस्तीस्थित शक्तिदेवी आधारभूत विद्यालयको हो । यहाँ मुक्त कमैयाका बालबालिका पढ्छन् ।

अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भए पनि घरमा भएका अभिभावक बालबालिकालाई बिहान विद्यालय पु¥याउन र छुट्टी हुने बेला लैजान विद्यालयमै पुग्ने गरेका छन् । बालबालिकाले खेल्दै सिक्न ७२ थान ट्याब छन् ।

दुई लाख रुपियाँ बराबरका खेल्ने सामग्री छन् । शैक्षिक गुणस्तर बढाउन शिक्षकलाई जिम्मेवार बनाइएको छ । विद्यार्थीको क्षमता बढाउने साप्ताहिक रूपमा अतिरिक्त व्रिmयाकलाप हुने गरेका छन् ।

शिक्षक, व्यवस्थापन समितिका अध्यक्षले आफ्नै नाममा एउटा बिरुवा रोप्नुपर्ने र हुर्काउनुपर्ने नियम छ । विद्यालयमा पढ्ने वातावरण राम्रो भएकाले यहाँका बालबालिका पढाइमा राम्रो देखिएका छन् ।