
डडेल्धुरा – डडेल्धुरामा नहरको पानीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको भागेश्वर गाउँपालिका–३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीय अर्जुन रावल आइतवार मृत अवस्थामा फेला परेका हुन्।

रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।















