कैलालीमा श्रमजीवी पत्रकार संघको शाखा गठन

Image

अत्तरिया – कैलालीमा श्रमजीवी पत्रकार संघ नेपालको शाखा गठन गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुको भेलाले आइतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडीएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार,कोषाध्यक्षमा पुष्कर पौडेल, सहसचिवमा ध्रुव ओझा र सहसचिव (समावेशी) मा रञ्जना बिसी सर्वसम्मत चयन भएका छन ।

यसैगरी समितिको सदस्यहरुमा राजकुमार साउँद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट रहेका छन ।