गोदावरीका गणित शिक्षकलाई ३ दिने तालिम

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका गोदावरीका गणित शिक्षकलाई तालिम प्रदान गर्न लागिएको छ ।

रोटरी क्लब अफ धनगढीले गोदावरीका विभिन्न विद्यालयहरुमा प्राथमिक तहमा गणित विषय अध्यापन गराउने शिक्षकहरूलाई तालिम प्रदान गर्न लागेको हो ।

गोदावरी नगरपालिकाको सहजीकरणमा सुरु भएको तालीममा २४ जना सहभागी रहेका छन् । तालिमको आज एक कार्यक्रमकाबिच मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले उद्घाटन गरे ।

रोटरी क्लबका अध्यक्ष डाक्टर सुशील कुमार भण्डारीको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख पर्यागराज जोशीलगाएतको उपस्तिथि रहेको थियो ।

रोटरी क्लब धनगढीले काठमाडौंको बुढानिलकण्ठ स्कुलको टोलीसँग सहकार्य गरी तालिमको आयोजना गरेको हो।

बुढानिलकण्ठ स्कुलमा कक्षा ११ मा गणित विषय लिएर  अध्ययनरत केही विद्यार्थीहरूले सुदूरपश्चिमका शिक्षकहरूको अध्यापन कौशलमा सुधार ल्याउने उद्देश्यले तालिम सहजीकरण गरेका छन्।

विद्यार्थी एरिका विष्टका अनुसार यो तालिम शिक्षामा समानता र गुणस्तर वृद्धि गर्न लक्षित छ।