पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Image
maya metro

पोखरा – पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो।

धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ।

nisarga

बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन।

चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पु¥याएको थियो।