यस्तो रहनेछ आजको मौसम

Image

काठमाडौं – तराईमा भूभागमा केही दिनदेखि लागेको हुस्सु र कुहिरो आज केही कम भएको छ । बिहीबार र बुधबारको तुलनामा आज हुस्सु र कुहिरो केही कम भएको हो ।

पूर्वी तराईदेखि पश्चिम तराईसम्म बाक्लो हुस्सु र कुहिरो लाग्दा यातायात सेवा प्रभावित हुँदै आएको छ । सडक यातायातसमेत प्रभावित बनेको थियो ।

निर्माणाधीन कच्ची सडक कुहिरो र हुस्सुको पानीले भिजेर हिलो हुँदा सवारी चलाउन कठिन भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको थियो ।

तराईका कतिपय स्थानमा हवाई सेवा समेत प्रभावित हुँदै आएको छ । दुई हजार मिटरभन्दा तल भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । त्यसैले न्यून भिजिविलिटीका कारण हवाई सेवा पनि प्रभावित भएको हो ।