धनगढी – धनगढीमा अटाे रिक्सामा सवार भएका बेला बेहाेस् भएका एक जनाकाे मृत्युु भएकाे छ ।
बिहीबार शहीदगेटदेखि चाैराहतर्फ जाँदै गरेकाे सुपप्र ०१००१ ह ४८८७ नम्बरकाे अटाेमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासि बेहाेस भएका थिए ।
उनलाई तत्काल उपचारका लागि माया मेट्राे अस्पताल लगिएको थियाे तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।
उनकाअनुसार अटाे चालक >धनगढी उपमहानगरपालिका- ४ बस्ने ४० वर्षीय नारायण थापा र अटाेमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।