गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ बाट लागूऔषधसहित युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय विरेन्द्र चौधरी रहेका छन् ।

शनीबार बेलुकी इलाका प्रहरी कार्यालय मालखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चौधरीको साथबाट २१० मिलिग्राम लागूऔषध (हेरोईन) बरामद गरेको हो ।

उनीमाथि थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।