गोदावरीबाट लागूऔषधसहित २ युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–६ लालपुर बस्ने २४ वर्षीय बाजी आउजी र २२ वर्षीय करन नेपाली रहेका छन् ।

nisarga

गोदावरी नगरपालिका–६ लालपुरमा लागूऔषध कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका पहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई खानतलासी गर्दा नेपालीको साथबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध फेला पारी दुबै जनालाई आज बिहान ३ बजे नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।