कैलालीमा ७ लाख १८ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो
maya metro

अत्तरिया – कैलालीमा ७ लाख बढी मूल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक र कैलारी गाउँपालिका–४ भितरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख १८ हजार १२० मूल्य बराबरको सामान बरामद गरिएको हो।

nisarga

उक्त मूल्य बराबरको कपडा, मिठाई, प्रसाद दाना, पापड लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।