अत्तरियाका सागर कार्कीले गरे आमाको स्मृतिमा मन्दिरलाई ५० हजार सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ का सागर कार्कीले आमा कुमारी कार्कीको स्मृतिमा मन्दिरलाई सहयोग गरेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर-१ स्थीत पृथ्वीनगर टोलको शिव मन्दिरलाई कार्कीले ५० हजार ५५५ रुपैँया सहयोग गरेका हुन् ।

nisarga

सो रकमले मन्दिर परिसरमा धुनीघर निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका सचिव बाबुराम बलमपाकीले बताए ।

हाल कोरीयामा रहेका कार्की विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।