गोदावरीबाट लागूऔषधसहित २ युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित २ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका १० घर भई हाल गोदावरी-१ बस्ने २८ वर्षीय विशाल महरा र गोदावरी-२ का १८ वर्षीय किसन भट्ट रहेका छन् ।

उनीहरु दुवैजनालाई अत्तरियास्थीत धनगढी रोडमा हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त प्रहरी टोलीले ७१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।