
अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रका होटलमा अनैतिक क्रियाकलाप बढेको भन्दै समय समयमा विभिन्न सार्वजनिक कार्यक्रमहरुमा यो विषय उठान हुँदै आएको छ ।
गत वर्ष चैत्र दोस्रो हप्ता इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखको रुपमा हाँजिर भएका प्रहरी नायब उपरीक्षक डिएसपी गंगा बहादुर थापाले आयोजना गरेको परिचयात्मक कार्यक्रमममा पनि अधिकांशले यसै विषयलाई मुख्य रुपमा उठान गरेका थिए ।

सो कार्यक्रममा बोल्दै अनैतिक क्रियाकलाप रोक्ने प्रतिवद्धता गरेका थापाले यस क्षेत्रका होटलमा हुने अनैतिक क्रियाकलापमाथि कडाई गर्दै आएका छन् ।
यौन धन्दा सञ्चालन हुने गरेको भन्दै टोलकै नाम समेत ‘बदनाम गल्ली’ राखिएपछि गोदावरी होटल व्यवसायी संघले आपत्ति जनाउँदै टोलको नाम फेरेर बोर्ड टाँसेको थियो ।
यस क्षेत्रलाई नै बदनाम हुने गरी भइरहेका यस्ता गतिविधि रोक्न इलाका प्रहरी कार्यालय मालाखतीलाई नै चुनौती छ ।
चालु आर्थिक वर्षको ७ महिनामा अनैतिक क्रियाकलापमा संलग्न ६० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखतीले जनाएको छ ।
जस्मा २५ जना महिला र ३५ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरु दोहोरिने क्रम पनि त्यत्तिकै रहेको डिएसपी थापाले बताए ।
















