डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ।

आइतवार अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको हो।

nisarga

जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।