महेन्द्रनगरमा खाद्यान्न बिक्री कक्ष सञ्चालन

Image
maya metro

कञ्चनपुर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले वर्षभरि सञ्चालन हुने गरी आजदेखि खाद्यान्नको बिक्री कक्षको सुरुआत गरेको छ।

कार्यालय परिसरमा बिक्री कक्ष राखेर खाद्यान्न बिक्री सुरु गरिएको हो। कार्यालयका प्रमुख महिकरण महराका अनुसार बिक्री कक्षबाट मोटो र जिरा मसिनो (स्टीम गरिएको चामल बिक्री गर्ने व्यवस्था मिलाइएकोे छ। “यसअघि चाडपर्वका बेला मात्रै कार्यालयबाट खाद्यान्न बिक्री हुँदै आएकामा आजदेखि नियमित रूपमा वर्षभरि सेवा प्रवाह गर्ने उद्देश्यले बिक्री कक्ष स्थापना गरेका हौँ”, उनले भने।

nisarga

महराका अनुसार मोटो चामल २५ किलोको एक हजार ५५० र जिरा मसिनो २५ किलोको दुई हजार ३०० मूल्य निर्धारण गरिएको छ। किसानबाट खरिद गरिएका धानबाट मोटो चामल कुटानी गरी बिक्री गर्ने योजना कार्यालयको रहेको उनले बताए। अपुग चामल बाहिरबाट खरिद गरिने बताउँदै जिरा मसिनो चामलका लागि बोलपत्र आह्वानमार्फत खरिद गरी बिक्री गर्ने गरिएको प्रमुख महराले जानकारी दिए।

उपभोक्ताको सहजताका लागि बिक्री कक्षा सञ्चालनमा ल्याइएको भन्दै आगामी दिनमा सेवा थप विस्तार गर्दै जाने उनको भनाइ छ।

रासस