धनगढीको स्वस्तिक अस्पताल एक सय शय्यामा विस्तार,आईभीएफ सेवा सञ्चालनको तयारी

Image
maya metro

अत्तरिया – कैलालीको धनगढीमा रहेको स्वस्तिक अस्पतालले नयाँ व्यवस्थापनका साथ १०० शय्यामा विस्तार भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्न नयाँ प्रविधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको जनाएको छ । नयाँ व्यवस्थापन र १०० शैयामा विस्तारसँगै अस्पताललाई सेवा र प्रविधि तथा भौतिक पूर्वाधारमा सुदूरपश्चिमकै अग्रणी र अत्याधुनिक स्थानमा राख्न सकिने अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले बताए ।

अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ मेवा उपलब्ध रहेको उनले बताए ।

nisarga

उनका अनुसार अस्पतालभित्र उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको छ । गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था, सेवाग्राहीको सहजताका लागि चिसो–तातो मौसमअनुसार आवश्यक सबै स्थानमा एसी जडित सरचना र स्तरीय एम्बुलेन्सको व्यवस्था अस्पतालले गरेको उनले बताए । उल्लेखित सेवासुविधाका लागि अस्पतालमा पूर्णकालीन र आंशिक गरि चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलव्ध छन् ।

अस्पतालमा सुदूरपश्चिम प्रदेश भरीकै सरकारी तथा निजी अस्पतालमा पहिलो मोडुलर ओटी रहेको तिवारीले बताए । जुन ९९% संक्रमणरहित हुन्छ । निःसन्तान दम्पतीमा लागि अस्पतालले विगतमा आईभीएफ शिविर सञ्चालन गरेकोमा अव पुर्णकालिन आईभीएफ केन्द्र सञ्चालन गर्न लागिएको अध्यक्ष तिवारीले बताए । जुन सुदरपश्चिममा पहिलो हुनेछ ।

विभिन्न विश्वविद्यालय एवम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वाट सम्बन्धन लिई आगामी शैक्षिक सत्रवाट नर्सिङ तथा अन्य मेडिकल कोर्सहरूको पढाइ समेत गरिने उनले बताए । अस्पताललाई वृहत् स्वास्थ्य उपचार र चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्दै लगिने योजना अनुसार निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम, निःशुल्क विमा कार्यक्रम, नागरिक लगानी कोप र सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरुका लागि विशेष सुविधा सहितको योजना लागु गर्ने उनको भनाइ छ ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सक सहितको टीमवाट विगतमा सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरलाई परिस्कृत गरी थप प्रभावकारी बनाउने योजना बनाएको उनले बताए। अस्पतालमा आएका विरामीको रोग पहिचान, उपचार, औधि र निर्यामत चेकजांचलाई महूलियतपूर्ण बनाउदै बिरामी, डाक्टर र अस्पतालको सम्बन्धलाई सुमधुर बनाउन प्रतिबद्ध रहेको अध्यक्ष तिवारीले जानकारी दिए। आधारभूत विशेषज्ञ स्वास्थ्य सेवाका लागि भारततिर जानुपर्ने वाध्यताको अन्त्यका लागि स्वस्तिक अस्पतालको सेवाले योगदान गर्ने तिवारीको बिश्वास छ । बिरामीको विश्वास जित्न अस्पताल प्रतिवद्ध रहेको उनले बताएका छन् ।