
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले आयोजना गरेको ५० औं स्वर्ण महोत्सवको उद्धघाटन गरिएको छ ।
आज एक समारोहकाबिच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्वर्ण महोत्सवको उद्धघाटन गरेका हुन् । उद्धघाटन सत्रमा स्वर्ण महोत्सव स्मारक पनि अनावरण गरिएको छ भने दुर्गालक्ष्मी स्मारिका पनि विमोचन गरिएको छ ।

तीनदिनसम्म चल्ने स्वर्ण महोत्सवमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।















