
बझाङ – बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
बुधवार साँझ पानीसँगै आएको चट्याङ लागेर एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वित्थडचड गाउँपालिका–३ का ७८ वर्षीय धौले बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्।















