अत्तरियामा फेला परेको शवको सनाखत

Image

अत्तरिया – कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ ।

अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा गत बुधबार फेला शवको आज सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।

nisarga

थापाका अनुसार शव डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर- ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पत्ता लागेको हो ।

सम्बन्धित समाचार :

प्रहरी कार्यालयकै अगाडि पुरुषको बीभत्स हत्या, सुरक्षामाथि गम्भीर प्रश्न

जगदीशका दाजु राम कैनीले शवको सनाखत गरेका हुन् । अब पाष्टमार्टमको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।

हत्यारासम्म भने पुग्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार जगदीश परिवारको सम्पर्कमै नरहने भएका कारण शव सनाखत गर्न परिवारलाई समय लागेको हो ।