कान्द्रा नदीमा डुबेर बालकको मृत्यु

Image
maya metro

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयास्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विनोद कडायतका १३ वर्षीय छोरा उपेन्द्र कडायत रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

nisarga

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए ।

उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।