
अछाम – साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ ।
आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् ।

सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार क्षतिको एकिन विवरण आइसकेको छैन ।
बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाई छ ।












