रेशम चौधरीलाई पक्राउ पत्र जारी गर्ने सर्वोच्चका अधिकृत पक्राउ, चौधरीलाई तत्काल रिहा गर्न अदालतको निर्देशन

Image
maya metro

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

nisarga

उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको हो। त्यस्तै सर्वोच्च अदालतले चौधरीलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ। सर्वोच्चका सह रजिस्ट्रार अच्युत कइकेलले पत्र जारी गरेर तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२ । १ । १७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।

यसअघि शंकास्पद् पत्रका आधारमा रेशम पक्राउ परेका थिए। उनी पक्राउ परेपछि जनमत पार्टीसँग हुने भनिएको एकता पनि भाँडिएको छ।को छ।