
अत्तरिया – सर्पले टोकेका कैलालीको गोदावरीका एक बालकको उपचारकाक्रममा मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर-९ स्थित बल्मीका गणेश नेपालीका ५ वर्षीय छोरा बिहान नेपालीलाई गत भदौ २५ गते घरको कोठामै खाटमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा असोज ६ गते बिहान साढे दुई बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















