तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो : गिरिराजमणि पोखरेल

Image
maya metro

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दिएको बताएका छन्।

तराई मधेस जागरण अभियानको उपलब्धिबारे शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अभियान शानदार रूपमा सम्पन्न भएको बताउँदै अभियानले सकारात्मक सन्देश दिएको उनले बताए। ‘अभियानमा जनताले आफ्नो कुरा सुनाए, हाम्रो नेतृत्वले जनतालाई हाम्रो कुरा सुनाएको छ’, नेता पोखरेलले भने, “जसले हामीलाई ऊर्जा प्राप्त भएको छ।’

nisarga

उनले तराई मधेस जागरण अभियानले जनतासँग नयाँ सम्बन्ध कायम भएको बताए। अभियानको क्रममा एकातिर जनताको समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर मिलेको बताउँदै उहाँले जनताबाट अपार माया, स्नेह प्राप्त गरेको बताए। उनले हुलाकी राजमार्ग क्षेत्रका जनता सुविधा र सुरक्षा खोजिरहेको उल्लेख गरे।

हुलाकी राजमार्गभन्दा दक्षिणतिरका जनतामा न्यूनतम सेवा सुविधा नपुगेको बताउँदै नेता पोखरेलले सीमाको रक्षा गरिरहेको वास्तविक देशभक्त जनताका कुरा केन्द्रीय राज्य सत्ताले बुझ्न जरूरी रहेको बताए। गत फागुन १२ गतेदेखि माओवादीले झापाबाट हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरु गरेको थियो। सो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर बुधवार समापन भएको थियो।

रासस