
अत्तरिया – कैलालीको अत्तरियामा बिगबुल फिटनेस सञ्चालनमा आएको छ ।
गोदावरी नगरपालिका- २ अत्तरियाको लोटस गल्लिमा करिब ३ करोडको लगानिमा राजु भट्टराई, राञ्जित लामा, मनोज पाण्डे र दिपक भट्टले बिगबुल फिटनेस, जुम्बा र जिम हल सञ्चालनमा ल्याएका हुन् ।

पछिल्लो समय युवाहरु लागूऔषधमा फस्दै गएको र स्वास्थ्यमा विविध समस्याहरु देखा पर्ने अवस्था रहेका कारण अत्याधुनीक जिम हल सञ्चालनमा ल्याएको बताए ।
त्यस्तै अर्का सञ्चालक एवम् फिटनेस प्रशिक्षक लामाले व्यवसायिक हिसाबले भन्दा पनि स्वास्थ्यलाई मध्यनजर गर्दै बिगबुल सञ्चालनमा ल्याइएको बताए ।
आफ्नो स्वास्थ्य प्रति संवेदनशील हुने जोकोहीका लागि फिटनेस आवश्यक रहेको उनले बताए । उनले जिमको दुनियामा पाइने सबै कुरा बिगबुलमा उपलब्ध रहेको बताए ।
बिगबुल फिटनेसको आज एक कार्यक्रमका बिच वनदेवी मन्दिर गुलरिया लोमस गिरी महाराजले उद्घाटन गरेका हुन् ।
फिटनेसका लागि प्रति व्यक्ति,प्रति महिना दुई हजार रुपियाँ शुल्क तोकिएको छ । वैशाखमा आउने व्यक्तिलाई इन्ट्री शुल्क नलिइने बताइएको छ ।















