सेती नदीमा बगेका बालकको शव फेला

Image
maya metro

डोटी – डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २ बजे नुहाउने क्रममा सेती नदीमा बगेका थिए।

nisarga

बेपत्ता भएका विकको खोजीका क्रममा बुधवार दिउँसो करिब १: ३० बजे तिर उनको शव सोही क्षेत्रको श्रीखोलीशैनमै फेला परेको प्रहरीले जनाएको छ। उनी रमेश विकका छोरा हुन् ।