कञ्चनपुरका विभिन्न ठाउँ विपद संकटग्रस्त क्षेत्र घोषणा

Image
maya metro

सरकारले महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुरका विभिन्न स्थानलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

आज साविजनिक भएको मन्त्रिपरिषद बैठकका निर्णयमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

nisarga

गृह मन्त्रालयको सिफारिसका आधारमा उक्त घोषणा गरिएको हो।