
अत्तरिया – कैलालिको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा तालाबन्दी गरिएको छ ।
बिहिवार स्थानियहरुको समुहले डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

गोदावरी नगरपालिका- १ का वडाध्यक्ष एवम नगरप्रवक्ता गोपाल दत्त भट्टसहितको टोलिले डीडीसि कार्यालयमा तालाबन्दी गरेको हो ।
डीडीसिका लागि जग्गा खोजिको प्रकृया चलिरहदा पनि कसैलाइ जानकारी नै नदिइ सार्ने सम्झौता गरिसकेकाले कार्यालयमा तालाबन्दी गरिएको वडाध्यक्ष भट्ट ले बताए ।
प्रमुखलाई स्थानियले १ घन्टा कार्यकक्षमै थुने
डीडीसी) का प्रमुख निराजन भट्टराई कार्यकक्षमै थुनिएका छन । बिहिवार अत्तरियामा रहेको दुग्ध वितरण आयोजना धनगढी सार्ने चलखेल गरिरहेको भन्दै स्थानियहरुले भट्टराइलाइ करिव एक घन्टा कार्यकक्ष भित्रै थुनेका हुन ।
अत्तरियामा डीडीसीका लागि जमिन कम भएको भन्ने गुनासो आएपछी नगरप्रमुख सहितको स्थानियहरुको टोलिले आयोजनाका प्रमुख भट्टराई संग छलफल गरेको थियो ।
छलफलमा जग्गा खोजी गर्ने भन्दै वडाध्यक्ष भट्टको संयोजकत्वमा समिति गठन गरिएको थियो । डीडीसीका लागि अत्तरियामै जमिन खोज्ने प्रकृया अघि बढिसकेको अवस्थामा र जग्गाको जोहो भैसकेको अवस्थामा पनि आयोजनाका प्रमुखको मिलेमतोमा धनगढी सार्ने सम्झौता भैसकेको सुन्नमा आएकाले पहिलो दिन प्रमुखलाइ एक घन्टा जति कार्यकक्षमा नै थुनेको वडाध्यक्ष भट्टले बताए ।
उनले आगामी आर्थिक वर्षभित्रमा डीडीसीका लागि जमिन लिखित रुपमै दिने प्रतिवद्दता ब्यक्त गर्दै नमानेको खन्डमा थप आन्दोलनका कार्यक्रमहरु गरिने समेत बताए ।














