बालिका बलात्कार आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

Image
maya metro

डोटी – बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-८ सनडाका ६१ वर्षीय च्यामे भनी चिनिने गंगाराम कोली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया बालिका माथि बलात्कार गरेको आरोप लागेको छ ।

nisarga

घटना केही महिना अघिको भएपनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेको थाहा पाए पछि आरोपित कोली भागेर भारत जान लागेका थिए ।

उनलाई प्रहरीले कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको छ ।