डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

Image
maya metro

अत्तरिया – डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको केआइसिंह गाँउपालिका- ५ स्थित केदारे गाँउमा ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाँउपालिका ६ गगुडाका ४२ वर्षीय मिन बहादुर बमको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिएका छन् ।

nisarga

त्यस्तै दुर्घटनामा चालकसहित ८ जना घाइते भएको र सबैको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान साढे नौ बजेको समयमा जिप अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।