
अत्तरिया – दुग्ध विकास संस्थान (डीडीसी)का केन्द्रिय प्रतिनिधिसंग संघर्ष समितिले छलफल गर्ने भएको छ ।
कैलालीको अत्तरियामा रहेको डीडीसी नसार्न माग गर्दै आएको संघर्ष समितिले आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीसंग भेट गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीले डीडीसीका अध्यक्ष बेद बहादुर क्षेत्रीसंग फोनमार्फत कुराकानी गर्दै द्दिपक्षिय छलफलका लागि बोलाएका हुन् ।
छलफलको समय पछि तोकिने संघर्ष समितिका सह संयोजक धर्मसिंह कुँवरले बताएका छन् ।














