खेतीपाती सप्रियोस् भन्दै ढुरियापूजा गर्दै थारु समुदाय

Image
maya metro

धनगढी – प्रकृतिपूजक थारू समुदायमा खेतीपातीको काम सुरु गर्न ढुरिया (असारी) पूजा गर्ने चलन कायम रहेको छ ।

धानको ब्याड छर्ने बेला वा छरिसकेपछि पश्चिमका थारू समुदायमा ढुरियापूजा गर्ने गरिएको हो । यो पूजा गाउँको देउठन्वामा पुज्ने गरिन्छ ।

nisarga

विभिन्न थारू गाउँमा अहिले ढुरियापूजा गर्ने कार्य भइरहेको छ । खेतीपातीको काम गर्नका लागि ढुरियापूजा गर्ने गरेको कैलारी गाउँपालिका–५, पलियाका गुरुवा भैयाराम चौधरीले बताए ।

उनका अनुसार खेतीपातीको काम गर्ने बेला कुनै किसिमको बाधा व्यवधान नआओस् र अन्नबाली राम्रो होस् भनेर ढुरियापूजा पुज्ने गरिन्छ । “यो पूजा गरिसकेपछि खेतीापतीको काम थालिन्छ,” गुरुवा चौधरीले भने ।