अछामको बर्दादेवी डाँडामा नेपाली सेनाद्धारा हेलिप्याड निर्माण

Image
maya metro

अछाम – नेपाली सेनाले अछामको बर्दादेवी डाँडामा हेलिप्याड निर्माण गरेको छ ।

विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढी बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको हो।

nisarga

नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए।

गाउँपालिकाको एक लाख ५० हजार सहयोग र सैनिक को श्रमदानमार्फत हेलिप्याड निर्माण गरिएको हो।