
अत्तरिया – कृषि ज्ञान केन्द्र कैलालीले कृषि उपज तथा थोक बजार अत्तरियालाई हाते झोला हस्तान्तरण गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा अत्तरियामा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख टेक बहादुर विष्टले बजारका अध्यक्ष डिल्लीराज जोशीलाई ५०० थान झोला हस्तान्तरण गरेका हुन् ।

हाते झोलाले केहि हदसम्म प्लास्टिक प्रयोग न्यूनिकरण हुने विश्वास व्यक्त गरिएको छ ।
















