गोदावरीको लालपुरमा आँखा शिविर सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लालपुरमा आँखा शिविर सुरु भएको छ ।

जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा साधनापथ एकेडेमीको सह आयोजनामा साधनापथ एकेडेमीको प्राङ्गणमा आँखा शिविर सुरु भएको हो ।
शनिबार बिहान ९ बजेदेखि सुरु भएको उक्त शिविरमा नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालले सहयोग गरेको छ ।

nisarga

दिउँसो ३ बजेसम्म पुर्जी काट्न मिल्ने शिविरबाट लाभ लिन आयोजकले सबैलाई आग्रह गरेको छ ।