
कैलाली – कैलालीमा अटाे दुर्घटनामा बालककाे मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-१ भुरुवामा भित्रि सडक खण्डमा सुपप्र०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा १० महिनाको आयुष साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी अटाे चालक सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदका नाति हुन्। बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा साँझ साढे चार बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ को टेकराज साउँद घाईते भएका छन् । घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।















