डोटीमा कार र मोटरसाइकल ठोक्किए, २ जना घाइते

Image
maya metro

अत्तरिया – डोटीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

आइतबार दिउँसो जोरायल गाउँपालिका- १ पोखरी डाँडा स्थित भिमदत्त राजमार्गमा धनगढीबाट गैरातर्फ जाँदै गरेको बा.प्र. ०१ ०३० च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको लु ४० प २८१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

nisarga

दुर्घटनामा मोटरसाइकल चालक अछामको मेल्लेख गाउँपालिका- ३ ठाँटी बस्ने २३ वर्षीय प्रकाश साउँद र पछाडी सवार उनकी श्रीमती २२ वर्षीय सन्ध्या साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मध्यम अवस्था रहेका घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ । कार चालक धनगढी- ३ चटकपुर बस्ने २३ वर्षीय सुरेन्द्र पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।